शैलुङबाट सुर्योदय हेर्दा - फोटो फिचर


        प्राय शैलुङ जहिले पुग्दापनि दिउसो पुगिने । बिहानै शैलुङबाट सुर्योदय हेर्ने इच्छा कहिलेइ पुरा भएको थिएन । यसपाली जसरि भएपनि बिहानै शैलुङबाट सुर्योदय हेर्नु थियो । जहिलै काम मात्र , घुम्नलाई समय मिलिरहेको थिएन । एक दिन समय मिल्यो त्यो पनि कामको शिलशिलामा ।  शैलुङ नजिकै झोर गाउँमा रहेको बिद्यालयमा कम्प्युटर मर्मत गर्न जानु पर्ने भयो । घुम्न भनेपछि हुरुक्क हुने धुर्ब आचार्य दाइलाइ फोन गरे । उहाले म पनि जान्छु भनेपछि भोलिपल्ट बिहानै चरिकोट बाट झोर गाउँको लागि मोटरसाइकलमा यात्रा सुरु भयो । करिब दुइ घन्टामा चरिकोट बाट भैंसे पुगियो । भैसेमा खाना खाएर झोर बिद्यालय तर्फ लाग्यौ । करीब आधा घन्टामा बिद्यालय पुग्यौ । निजि बिद्यालय रहेछ । २५ वटा कम्प्युटर मर्मत गर्नु पर्ने भयो । ११ बजे पुगेको हामि बेलुकी साढे पाँच बजे सम्ममा कम्प्युटर मर्मत गरेर सक्यौ । त्यहाँको सर ले यतै बसौ भन्नुभयो तर हामीलाई भोलि बिहानै शैलुङबाट सुर्योदय हेर्नु थियो । त्यसैले हामी खोलाखर्क गएर बास बस्ने भयौ । साझ पर्न थालि सकेको थियो । झोर बाट खोलाखर्क जाने सडक नाम मात्रको सडक थियो । कतै मोटरसाइकल गुडाउदै कतै डोर्याउदै हामी बेलुकी सात बजेर बाइस मिनेट जादा खोलाखर्क पुग्यौ । त्यहि एक होटलमा बास बस्यौ ।  

        भोलिपल्ट बिहानै पाँच बजे शैलुङ तर्फ लाग्यौ । सुर्योदय जो हेर्नु थियो । मनमा एउटा उत्साह अनि छुटै उमंग लिएर करिब बिस मीनेट हिडेपछि हामि शैलुङको थुम्कोमा पुग्यौ ।  केहि बेरको कुराइपछी सुर्योदय भयो  । आहा त्यो पल म शब्दमा बयान गर्न सक्दिन  । हेर्नुहोस त्यसपछीका तस्बिरहरु ।  

शब्द / तस्बिर : प्रलाद आचार्य  

















 

Comment from facebook

Computer Support House