वन कार्यालय दोलखा पार्कको रुपमा बिस्तार


दोलखामा रहेको डिभिजन वन कार्यालय पार्कको रुपमा बिस्तार भएको छ । वन कार्यालय कम्पाउण्डभित्र खुल्ला जग्गा धेरै रहेकाले नर्सरी, व्याडमिन्टन ग्राउण्ड, मन्दिर, चौतारा, दोलखा जिल्ला झल्किने खालका कला निर्माण गरिएको डिभिजन वन अधिकृत थीर बहादुर कार्कीले बताउनु भयो ।  यस वन कार्यालय कम्पाउण्डमा पनि दोलखामा पाईने वन्यजन्तु र वनस्पतिहरुको बारेमा चित्रण गरिएको छ । कार्यालय प्रवेश गर्ने बित्तिकै सेवाग्राहीले एकैछिन भएपनि शान्ति र आनन्द महशुस गर्न सकोस भन्ने उद्देश्यले पार्कको रुपमा कार्यालय निर्माण गरिएको कार्कीले जानकारी दिनुभयो । अहिले कार्यालय वरिपरी धुपीको बोट र सिजन फूलहरु फुलेर यस्तो राम्रो पनि हुन्छ र सरकारी कार्यालय भन्ने जिज्ञासा सबैमा बनाएको छ । फुर्सदको समयमा कर्मचारीहरु सामाजिक सञ्जालमा व्यस्त हुने र चिया गफमा समय बिताउन छाडेर कार्यालयको कम्पाउण्ड भित्रनै हेरेर समय बिताउने गर्छन् । स्कुले बालबालिकाहरु समेत यसको मनोरञ्जन लिन कम्पाउण्ड भित्र जाने गर्छन। 

शब्द÷तस्बिरः जीवन लामा 










 

 

Comment from facebook

Computer Support House