दोलखाको नाम्दुमा ड्रयागन फल ( फोटो फिचर )


शब्द/तस्बिर : जीवन लामा
दुई वर्षअघि मान बहादुर तामाङले वैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दुमा लगाएका ड्रयागन फल हेर्न अहिले धेरैको गन्तव्य बनेको छ । कतिपयले यस फलको स्वाद चाख्नको लागि पनि जाने गर्दछन् । तामाङले दुई वर्षअघि तामाकोशी बहुउद्देश्यीय कृषि फर्म स्थापना गरी ड्रयागन खेती सुरु गरेका थिए । कृषि फर्म दर्ता गरेर २४ रोपनीमा ड्रयागन फल लगाएका थिए । अहिले छ सय वटा पोलमा दुई हजार चार सय वटा विरुवा हुर्किसकेका छन् । फूल फुलेको ३५ दिनभित्रनै फल दिने भएकाले बुढेसकालको सुखी पेसाको रुपमा लिएका छन् तामाङले । उमेरहुँदा निर्माण व्यवसायी क्षेत्रमा लागेका तामाङले अहिले यस ड्रयागन खेती सजिलो र आयमूलक पेशाको रुपमा लिन थालेका छन् । सुरुमा २६ लाख लगानी गरेका तामाङले दुई वर्षको अवधिमै दुई लाख कमाई सकेका छन् । अब लगानी गर्नुपर्दैन आम्दानी लिने मात्र हो तामाङ बताउनुहुन्छ । तीन वर्षमै लगानी उठाउने योजनाका साथ लागेका छन् उनी ।  


एउटा बोटले २० देखि २५ वर्षसम्म फल दिई रहने भएकाले गतिलो आम्दानीको रुपमा लिएका छन् । वर्षमा दुई पटक मल हाल्ने र हिउँदमा पानी हाल्ने बाहेक खासै दुख गर्नुपर्दैन । सुरुमा बजारको लागि काठमाडौसम्म पुर्याएका थिए । अहिले जिरी, मैनापोखरी, तामाकोशी बजार र चरिकोटमै यसको माग धान्न सकेका छैनन् । काठमाडौमा यसको मूल्य तीन सय रुपैयाँ प्रतिकेजी थियो । तर पछि जिल्लामै तीन सय रुपैयाँ प्रतिकेजी बिक्न थालेपछि बजारको झन्झट नभएको सञ्चालक तामाङ बताउनुहुन्छ । खुद्रा मूल्य चार सय र थोकमा तीन सयमा बिक्न थालेको छ । 









Comment from facebook

Computer Support House