दोलखामा अबस्थित १०० बर्ष पुरानो तेल दल्नु पर्ने झोलुङ्गे पुल - फोटो फिचर


एक सय वर्षभन्दा अघि बनेको झोलुङ्गे पुल दोलखामा नै छ भन्दा अचम्म लाग्ला । हो दोलखाको बिगु गाउँपालिका वडा नम्बर ३ र गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ जोड्ने तामाकोशी नदीको तिरमा जामुने साङ्ले झोलुङ्गे पुल हाम्रै दोलखा जिल्लामा अबस्थित छ। स्थानीय आचार्यका पुर्खाले १९७३ सालमा र त्यसपछि २००४ सालमा पुनर्निर्माण गरिएको सो पुल मर्मतपछि तेल दलेर सञ्चालनमा आएको हो ।

छविलाल आचार्यका पनाति अमृतकुमार आचार्यका अनुसार १९७३ सालमा छविलाल आचार्यले बनाएको दुई साङ्लेलाई २००४ सालमा प्रयागराज, कोमलप्रसाद, कलाधर, देवदत्त र गौरीकान्त आचार्यले थप गरी चारसाङ्ले बनाइएको थियो। आचार्यहरूले साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने व्यवस्था मिलाएका थिए। घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा तेल दलिन्थ्यो। २०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो।  २०७२ सालको भूकम्पले क्षति पुगेपछि यो पुल जीर्ण बनेको थियो। अहिले छविलालका सन्तानहरूले नै आर्थिक सङ्कलन गरी पुल मर्मत गरेका हुन्। १० लाख रुपियाँमा पुलको काम पूरा गरिएको जानकारी अमृतकुमार आचार्यले दिनुभयो। 

यति पुरानो पुल हेर्न चाहनुहुन्छ भने अपर तामाकोशी जलबिधुत आयोजना अबलोकनमा जादा बाटोमा नै पर्छ झोलुङ्गे पुल । त्यस्तै भोर्लेको झरना हेर्न जादा दुइ किलोमिटर अगाडी बढ्नुभयो भने यो पुलमा पुगिनेछ । 

शब्द / तस्बिर : प्रलाद आचार्य 








Comment from facebook

Computer Support House