आन्तरिक पर्यटकको रोजाइमा भोर्ले झरना - फोटो फिचर


दोलखा जिल्लास्थित विगु गाउँपालिका वडा नम्बर ४ मा रहेको भोर्ले झरनामा अचेल आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । दोलखा – लामाबगर सडक खण्डको भोर्ले स्थित तिस मिटर उचाइबाट झर्ने पानीको बहाबका कारण यो झरना आकर्षक र मनोरम देखीयसँगै पर्यटकको संख्या बढ्न थालेको हो ।

उत्तरको व्यापारिक केन्द्र सिंगटी बजारबाट ३ किलोमिटरको दुरीमा अवस्थित यो झरना सडक मार्गमै पर्ने र झरनाको पानी सडकमै झर्ने भएकाले पनि पर्यटकहरूको रोजाइमा परेको छ । सदरमुकाम चरिकोटको सातदोबाटो बाट ४२ किलोमिटरको दुरीमा रहेको यो झरनाबाट झरेको पानी सिंगटी–लामाबगर सडमा झरेर सिधै तामाकोसी नदीमा मिसिने गर्छ ।

आन्तरिक पर्यटकको रोजाइमा यो झरना परेपनि भिर तथा खोला संगै भएकाले सुरक्षाका कारण जोखिम भने बढेको छ । सडक किनारामा रेलिंग नभएका कारण र माथि भिरबाट ढुङ्गा झरी रहने हुँदा यो झरना भएको स्थान जोखिमयुक्त रहेको छ । पर्यटक धेरै पुग्ने गरेकाले यस स्थानलाई सुरक्षित बनाउन स्थानीय तहले ध्यान दिनु पर्ने देखिन्छ । थप तस्बिरमा हेर्नुहोस भोर्ले झरना ....

शब्द / तस्बिर : प्रलाद आचार्य






 

 

 

 

 

Comment from facebook

Computer Support House