शैलुङ र चौरीको सामिप्यतामा रमाउँदा – फोटो फिचर


शैलुङको थुम्का थुम्कामा चरिरहेका हुन्छन् चौरी । चौरीको हिउँदमा बेसी र वर्षायामको समयमा लेकमा गोठ सार्ने गरिन्छ । अहिले गर्मी मौसम भएकाले पनि शैलुङडाँडा क्षेत्रमा चौरी देख्न पाईन्छ । यो मौसममा शैलुङ पुगेका पर्यटकको लागि चौरीको घ्यू, छुर्पी कोसेली स्वरुप किनेर लान पाईन्छ । कहिल्यै चौरी नदेखेका लागि नौलो नै लाग्न सक्छ । 
 
सय वटा थुम्का भएकै कारण तामाङ भाषामा शैलुङ भनिएको हो । शैलुङको वरिपरी तामाङको बस्ती प्रशस्तै छन् । शैलुङमा हिउँ पर्दा मात्र होईन, वर्षायाममा पनि हरियालीको मज्जा लिन पर्यटकहरु हिडेरै पुग्ने गर्छन । चारैतिर हरियाली र मौसम खुलेको बेला हिमश्रृङ्खला देखिने भएकाले पनि वर्षायाममा यहाँ पुग्नेको लर्को देखिन्छ । यही मौसममा बुकी र रंगीचंङ्गी फूलहरु फुलेका हुन्छन् । त्यस्तै धार्मिक व्यक्तिहरुको लागि पनि यस ठाउँ महत्वपूर्ण मानिन्छ ।
 
३१४६  मिटर उचाईमा रहेको शैलुङ धार्मिक, प्राकृतिक र पर्यटकिय रुपमा सुन्दर छ । यहाँको सुन्दरताकै कारण जोकोहीको मन तान्न स्वभाविक हो । यहाँ पुगेपछि घण्टौ समय बितेको पत्तै हुँदैन । आधा घण्टा जत्ति ओरोलो हिडेपछि कालापानीमा सुविधासम्पन्न होटलहरुको व्यवस्था रहेको छ । पैदलमार्गीहरुका लागि सहज होस भनेर शैलुङ ग्रेटवाल निर्माण गरिएको छ । यही ग्रेटवाल चढ्नको लागि पनि सयौं मानिसहरु शैलुङ पुगेका हुन्छन् । हिड्न नसक्नेको लागि घोडाको व्यवस्था गरिएको छ । शैलुङको वृहत विकासको लागि समाजसेवी सोवित उप्रेतीले पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । 
 
शब्द/तस्बिरः जीवन लामा











Comment from facebook

Computer Support House