चाख्नु भयो त पवटीको सुन्तला - फोटो फिचर


दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा फलेको सुन्तलाले जिल्ला धान्ने गरेको छ । मंसिर पुस महिनाभरिनै पवटीमा फलेको सुन्तला तामाकोशी बजार, चरिकोट बजार र काठमाडौमा समेत निर्यात हुने गर्छ । यस पवटीबाट वार्षिक रुपमा ९ करोडभन्दा बढीको सुन्तला निर्यात हुने गर्र्दछ । पवटीका प्राय सबै घरकाले सुन्तला खेती गर्छन । अहिलेसम्म ९ सयभन्दा बढी घरधुरीले सुन्तला खेती गर्छन । एउटा घरकाले न्यूनतम एक लाखभन्दा बढी बेच्ने गर्छन । 

विगत ७ वर्षअघिदेखि सुन्तला खेती गर्दै आउनु भएका सुन्तला व्यवसायी जगतराज गनिकाले यस वर्ष एक लाख ८५ हजारको सुन्तला बेच्नुभएको छ । गनिकाले आफ्नै ५ रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन् । पवटी एक हजार २ सय ५० मिटर उचाईमा पर्ने भएकाले सुन्तलाको लागि उपयुक्त हावापानी मिलेको मानिन्छ । पवटीको सुन्तला अन्त ठाउँकोभन्दा रसिलो हुने भएकाले कोसेलीको रुपमा तामाकोशी बजार र चरिकोटबाट पर्यटकले लाने गर्छन् । 
शब्द/तस्बिरः जीवन लामा











Comment from facebook

Computer Support House