बहुला पोखरी


दोलखा जिल्लाको बिगु गाउपालिकामा  रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मीटर र चौडाइ २०० मीटर रहेको छ भने गहिराइ एकीन हुन सकेको छैन। नेपालकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु गाविस यस पोखरीको माध्ययमले पनि चिनिन थालेको छ। मनकामनाले इच्छाएको कुरा पुरा गर्ने किम्बदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पुरा गर्न सक्ने विश्वास गरिन्छ। यो पोखरी क्षेत्रमा ऋषि तर्पणी पूर्णिमाको अघिल्लो राति ठूलो मेला लाग्ने गर्छ।

Computer Support House