टसी गुम्बा


जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ । विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) ले गर्नु भएको विश्वास गरिन्छ । समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरु रहेका छन् । जसले गुम्बामा नियमित रुपमा पाठपुजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरुलाई पढाउने कार्य गर्दछन् । गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रुपमा बल्दछ । उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ । हिन्दु धर्मावलम्बीहरुले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ ।

Computer Support House