च्छोरोल्पा हिमताल


च्छोरोल्पा हिमताल दोलखा जिल्लाको गौरीशंकर गाउपालिका अन्तर्गतको रोलवालिङ्ग उपत्यकामा रहेको छ । पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चकारी स्थलको रूपमा यो उपत्यका रहेको छ । यस उपत्यकालाई साहसिक पैदल यात्राका प्रख्यात मानिन्छ जसका कारण यसप्रति विदेशी पर्यटकहरू आकर्षित हुने गर्दछन् । यो हिमतालले नेपालकै सबैभन्दा ठूलो हिमतालको मान्यता प्राप्त गरेको छ । यो हिमताल समुद्र सतहबाट ४, ५८० मिटरको उचाईमा रहेको छ । यस तालको उत्पत्ति ५० वर्षअघि भएको अनुमान गरिन्छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किमी क्षेत्रफलमा रहेको र सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किमीसम्म फैलिएको देखिन्छ । यस हिमतालको गहिराइ १३५ मिटर रहेको र उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ ।

Computer Support House