लिङ्कन देखि स्टोनपार्क सम्म


दोलखा जिल्लाको जिरी अहिले सबैको गन्तव्य बन्न थालेको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर यातायातबाट सहज तरिकाले जिरी पुग्न सकिन्छ । जिरी नगरपालिकाले  पछिल्लो अवस्थामा धेरै पार्कहरु र घुम्ने थलो निर्माण गरेपछि स्वदेशी तथा विदेशी पर्यटकहरुको ओईरो लागेको छ । अझ कात्तिक १ गतेदेखि ३ गतेसम्म जिरी युवा सञ्जालले जिरी स्ट्रीट फुड फेस्टिवल आयोजना गरेपछि त झन धेरै पर्यटकहरु पुगेका छन् । पर्यटन वर्ष २०२० लाई मध्येनजर गर्दै जिरी युवा सञ्जालले जिरीमा धेरै पर्यटक भित्राउने उद्देश्यकासाथ फेस्टिवल आयोजना गरेको सञ्जालका अध्यक्ष केन्द्रज्योति खड्काको भनाई रहेको छ । फेस्टिवलमा पुगेका युवाहरु अहिले जिरी नगरपालिकाले निर्माण गरेका स्टोन पार्क, पहिलो सगरमाथा आरोही एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पार्कमा पुग्ने पर्यटकहरु प्रशस्तै भेटिन्छन् ।  स्टोन पार्क जिरी बजारबाट २४ किलोमिटर टाढा रहेको छ । यसै सेरोफेरोमा रहेर लिङ्कनदेखि स्टोनपार्कसम्म पुगेर प्रलाद आचार्यजीवन लामाले कैद गरिएका केही तस्बिरहरु ।

 

Comment from facebook

Computer Support House