9th January, 2023 | Read More
29th September, 2021 | Read More
25th September, 2021 | Read More
20th September, 2021 | Read More
15th September, 2021 | Read More
27th June, 2021 | Read More
10th January, 2021 | Read More
1st November, 2020 | Read More
29th October, 2020 | Read More
20th October, 2020 | Read More
11th October, 2020 | Read More
16th September, 2020 | Read More
दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्ला नेपालको मान चित्रमा २७० २८" उत्तरदेखि २८० ००" उत्तरी अक्षांश र ८५० ५०" पूर्वदेखि ८६० ३२" पूर्वी देशान्तरसम्म फैलिएको छ। कूल २१९१ वर्ग कि.मी. क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा
रामेछाप जिल्ला पर्दछ। नेपालको राजधानी काठमाडौंबाट १३३ कि. मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो। समुद्र सतहदेखि ७६२ मी. (सितली) उचाइदेखि ७१३४ (गौरीशंकर) सम्मको उचाइमा रहेको
यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ।
२००७ साल पूर्व र त्यसपछि २०१८ सालसम्म पनि पूर्व २ नं. गोश्वराको प्रशासनिक इकाइको रूपमा रहेको दोलखालाई २०१८ सालदेखि मात्र अलग जिल्लाको रूपमा अस्तित्वमा आए पनि २०२४ सालदेखि मात्र अदालत, मालपोत, प्रहरी, हुलाक, स्वास्थ्य जस्ता जिल्ला स्तरीय कार्यालयहरू स्थापना हुन थालेका हुन्। ऐतिहासिक स्थल दोलखाको नामबाट नामाकरण गरिएको यस जिल्लाका केही स्थानहरूमा किरात वा लिच्छवीकालदेखि नै वस्ती बसेको अनुमान छ।
प्राचीन समयमा मुगलहरूको अत्याचारमा परी भारतवर्षवाट भागेर आएका एक जोगी गौरीशंकर हिमालको काखमा एउटा गुफाभित्र कसैले नदेख्ने गरी तपस्या गर्न थाले। उनको तपस्याबाट खुसी भएर भगवान शिवजीले त्यस जोगीलाई बरदान दिए। शिवजीको वरदान पाएर खुसी भएका जोगी एकपटक सबैतिर चक्कर लगाएर आउँछु भनि हिँडे। उनी जति घुमेपिन त्यही ठाउँमा पुग्दथे। एवं रीतले दुई लाख पटक चक्कर मार्दा पनि कहि पुग्न सकिन भनेर पहिले आफूले तपस्या गरेको गुफामा आई वस्न थालेछन्। यसरी दुई लाख पटक घुम्दा पनि त्यहि स्थानमा आएकाले सो स्थानलाई दो+लाखबाट अपभ्रंस हुदै दोलखा नाम रहेको जनश्रुति पाइन्छ।
दोलखा जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा थाहा पाउन तल क्लिक गर्नुहोस
-- दोलखा भिमसेन --कालिन्चोक --शैलुङ्गेश्वर महादेव --टसी गुम्बा --देउलाङ्गेश्वर महादेव --रोलवालिङ्ग --च्छोरोल्पा हिमताल --गौरीशंकर --वेदिङ्ग --जिरी --जटापोखरी --बहुला पोखरी --चौघरा
Looking for the best professional photographer? Browse the types of photography available on Gantabya Dolakha.